नियम
ईजाजतपत्र लिनु नपर्ने

 

नियम ३ मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको अवस्थामा ईजाजतपत्र लिनुपर्ने छैन :—

(क) कुटनैतिक सुविधा वा महसुल सुविधा प्राप्त व्यक्तिले विदेशी मदिरा पैठारी गर्न,
(ख) कुनै विदेशी वा स्वदेशी यात्रुले विदेश भ्रमणबाट आफ्नो साथमा अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको परिमाणको मदिरा लिई आउन,
(ग) नमूना परीक्षण तथा अध्ययन अनुसन्धानका लागि विभागले तोकेको परिमाणसम्म निकासी वा पैठारी गर्न,
(घ) कुनै व्यक्तिले निजी उपयोगका लागि एकपटकमा पाच लिटरसम्म रक्सी र दश लिटरसम्म जाड वनाउन, तर,
(१) यसरी रक्सी र जाड वर्षको ६ पटक भन्दा बढी बनाउन पाइने छैन ।
(२) यसरी रक्सी र जाड बनाउने व्यक्तिले त्यसको सूचना अन्तशुल्क अधिकृतलाई दिनु पर्नेछ ।